९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

तराईमा शितलहरसंगै हुस्सु–कुहिरो, दिनभर यस्तै रहने सम्भावना



काठमाडौँ ।
देशका अधिकांश क्षेत्रमा शनिबार बिहानैदेखि बदली भएको छ भने हुस्सु पनि लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
उल्लेखनीय मौसमी प्रणाली नरहेपछि देशभरका अधिकांश क्षेत्रमा स्थानीय वायुको प्रभावले मौसम बदली भएको र बाक्लो हुस्सु लागेको मौसमविदले बताएका छन् ।
काठमाडौँ उपत्यकासहित देशभरका पहाडी क्षेत्रमा बलदी तथा हुस्सु लागेको छ । मध्याहन्नसम्ममा बादल र हुस्सु हटेर पहाडी क्षेत्रमा घाम लाग्ने मौसमविद समिर श्रेष्ठले जानकारी दिनुभयो ।
कपिलवस्तुसहित तराईका सम्पूर्ण क्षेत्रमा हाल बदली र हुस्सु–कुहिरो लागेको छ । ती क्षेत्रमा भने बेलुकासम्म नै हुस्सु तथा कुहिरो रहने सम्भावना छ । आइतबारदेखि भने मौसम सामान्यतया सफा रहने जनाइएको छ ।

प्रकाशित मिति : २६ पुस २०७६ शनिबार ००:००  ८ : २५ बजे