एजेन्सी ।
भारतको उत्तर प्रदेशस्थित कन्नौजमा शुक्रवार राति ठूलो सडक दुर्घटना भएको छ । जीटी रोडमा बस र ट्रक आपसमा ठोक्किएका हुन् ।
ट्रकसँग ठोक्किएपछि बसमा आगो लागेको थियो । दुर्घटनामा २० जनाको मृत्यु भएको आजतकले लेखेको छ। दुर्घटनामा अन्य २१ जना घाइते भएका छन् ।
बस कन्नौजको गुरसैगञ्जबाट जयपुर जाँदै थियो । घाइतेहरुलाई उपचारका लागि अस्पताल र्पयाइएको छ ।
मुख्यमन्त्री योगी आदित्यनाथले घटनाबारे जानकारी लिएका छन् । उनले घाइतेहरुलाई ५० हजार रुपैयाँ (भारु) र मृतकका परिवारलाई २ लाख रुपैयाँ (भारु) क्षतिपूर्ति दिने घोषणा गरेका छन् ।
२६ पुस २०७६ शनिबार ००:००
0
Shares
प्रतिक्रिया