९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

मन्त्री ढकाल र बास्कोटालाई थप मन्त्रालयको जिम्मेवारी



काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई कानून, न्याय तथा संसदीय मामिला र सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटालाई सहरी विकास मन्त्रालयको जिम्मेवारी तोकेकी छन् ।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले ढकाललाई कानून तथा संसदीय मामिला र बास्कोटालाई सहरी विकास मन्त्रालयको जिम्मेवारी थप गरेकी हुन् ।
गत पुस ७ गतेको मन्त्रिपरिषद् बैठकमा संविधान संशोधन प्रस्ताव दर्ता गर्न खोज्दा प्रधानमन्त्री केपी शर्मा ओलीले रोकेपछि समाजवादी पार्टी सरकारबाट बाहिरिएसँगै उक्त मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आफैंले सम्हाल्दै आएका थिए ।
प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानबमोजिम ढकाल र बास्कोटालाई उक्त जिम्मेवारी दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २५ पुस २०७६ शुक्रबार ००:००  ७ : ३२ बजे