मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुमा रहेको कनकमुनी बुद्धको गृहनगर अरौलाकोटमा भएको पौष पूर्णीमा उत्सवलाई सम्बोधन गर्दै प्रदेश सांसद विष्णु पन्थीले पूर्वी कपिलवस्तुलाई पर्यटनको माध्यमबाट विकास गर्नुपर्ने धारणा राख्नुभएको छ । बुद्धस्थल र हिन्दु धर्मसंग सम्बन्धित दर्जनौं पुरातात्विक सम्पदाले पूर्वी कपिलवस्तु धनि रहेको भन्दै यसलाई मुख्य पर्यटकीय गन्तव्य बनाउनुपर्नेमा जोड दिनुभयो । ‘भागिरथी नदी पूर्वको कपिलवस्तु पर्यटकीयस्थलमै देशकै धनि छ । यसैबाट यस क्षेत्रको समृद्धि हासिक हुन्छ, यसमा हामी सबै लागौं प्रदेश सांसद पन्थीले भन्नुभयो ।
विगतका योजनाबद्ध विकास हुन नसक्दा पर्यटकीय स्थलको प्रवर्धन हुन नसकेको भन्दै अहिलेका तीन तहका सरकार मिलेर अगाडी बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । ‘विगतमा विविध कारणले यहाँको विकास हुन सकेन । अहिले हामीबीच तीन तहको सरकार छ । मिलेर यहाँको विकास गर्नुपर्छ ।’
कपिलवस्तुको चन्द्रौटा क्षेत्रलाई प्रदेश सरकारले औद्योगिक करिडोरको रुपमा विकास गर्ने योजना बनाएको भन्दै पूर्व भेगलाई पर्यटनबाट विकास गर्ने लक्ष्य लिएको बताउनुभयो । प्रदेश सरकारले लुम्बिनी भ्रमण बर्ष मनाइरहेको उल्लेख गर्दै यसको शिलशिलामा अरौलाकोटमा कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो ।
मन्त्रालयकी सचिव डा. राधा वाग्लेको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद धर्मबहादुरलाल श्रीवास्तव, सहसराम यादव, नेकपाकी केन्द्रिय सदस्य विमला घिमिरे, जिल्ला अध्यक्ष झविलाल पोख्रेल, कपिलवस्तु नगरपालिकाकी उप–प्रमुख लक्ष्मी गुप्ता लगायतको उपस्थिती रहेको थियो ।
२५ पुस २०७६ शुक्रबार ००:००
2
Shares
प्रतिक्रिया