८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

आज खण्डग्रास चन्द्रग्रहण, कतिदेखि कति बजेसम्म होला ?



काठमाण्डौँ ।
आज खण्डग्रास चन्द्रग्रहण लाग्दैछ। नेपालमा पनि चन्द्रग्रहण देखिनेछ। ग्रहण राति १० बजेर ५२ मिनेटदेखि शुरु भएर ३ बजेसम्म रहनेछ। ‘यो चन्द्रग्रहणमा पातलो छाया र खण्डग्रास मात्र देखिनेछ,’ बीपी कोइराला मेमोरियल प्लानेटोरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिका कार्यकारी निर्देशक सनतकुमार शर्माले भने।’ सन् २०२० मा विश्वका विभिन्न भागबाट दुईवटा सूर्यग्रहण र चारवटा चन्द्रग्रहण देखिनेछ। यो ग्रहण नेपाल, भारतलगायत एसिया, अफ्रिका र अस्टेलियाको पूरै क्षेत्र तथा अमेरिकाको उत्तरी क्षेत्रबाट देखिनेछ।

प्रकाशित मिति : २५ पुस २०७६ शुक्रबार ००:००  ९ : ५७ बजे