जनकपुरधाम ।
धनुषामा टिपरको ठक्करबाट एक युवकको ज्यान गएको छ । मिथिला नगरपालिका वडा ५ श्रीपुरका ओमप्रकाश भनिने २४ वर्षीय दिलीपकुमार महतोको टिपरको ठक्करबाट ज्यान गएको हो । मर्निङवाकमा रहेका महतोलाई बिहान साढे चारबजे टिपरले ठक्कर दिएको थियो । ठक्कर दिने ना ७ ख ६४१३ नम्बरको टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीय बासिन्दाहरुले टिपर सञ्चालकले महतोको नियोजित हत्या गरेको आरोप लगाएका छन् । उनीहरुका अनुसार मृतक महतो अवैध रुपमा नदीजन्य पदार्थ उत्खननको विरोध गर्दै आएका थिए । त्यसै रिसमा उनको नियोजित हत्या भएको आरोप लगाउँदै स्थानीयहरु विरोध प्रदर्शनमा उत्रका छन्
२५ पुस २०७६ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया