८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

राष्ट्रियसभा सदस्य उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदै, निर्वाचन चिन्ह पनि आजै



काठमाडौँ । आगामी माघ ९ गते सम्पन्न हुन गइरहेको राष्ट्रियसभा सदस्य निर्वाचनको निर्वाचन कार्यतालिका अनुसार आज अन्तिम नामावली प्रकाशन हुँदै छ । मनोनयनपत्र दर्ता गराएका उम्मेदवारले नाम फिर्ता लिने समय बिहीबार बिहान १० बजे देखि अपरान्ह ४ बजेसम्म निर्धारण गरिएको थियो । तर कसैले पनि नाम फिर्ता नलिएको निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

अब आज ९शुक्रबार० बिहान १० बजे देखि दिउँसो १ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र दिनको १ बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।

नेपालको संविधानअनुसार राष्ट्रियसभाका सदस्यको पदावधि ६ वर्षको हुन्छ । संविधानको धारा ८६ ९३ं० बमोजिम प्रत्येक दुई वर्षमा पदावधि समाप्त भई रिक्त हुने राष्ट्रियसभाका एक तिहाइ सदस्यका लागि माघ ९ गते निर्वाचन हुदैंछ । स्थायी सदनका रूपमा रहेको राष्ट्रिय सभामा ५९ सदस्य हुन्छन् ।

प्रकाशित मिति : २५ पुस २०७६ शुक्रबार ००:००  ८ : १५ बजे