८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

राजपा केन्द्रीय सदस्य यादव पक्राउ



काठमाडौं ।
राष्ट्रिय जनता पार्टी (राजपा) का केन्द्रीय सदस्य रामबाबुराय यादव सर्लाहीबाट पक्राउ परेका छन्। मिटरब्याजमा ऋण लगानी गरी ठगी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय, सर्लाहीको टोलीले उनलाई पक्राउ गरेको डिएसपी प्रजितसिंह राठौरले जानकारी दिए। मंगलबार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसमक्ष यादवले मिटरब्याजमार्फत ठगी गरेको गुनासो पीडितहरूले गरेका थिए। सर्लाहीका पीडितहरूले बुधबार गृह मन्त्रालयमा आएर प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, गृह सचिवसँग गुनासो गरेलगत्तै खनालले जिल्ला प्रहरी कार्यालय सर्लाहीलाई यादवलाई पक्राउ गर्न निर्देशन दिएका थिए। लगत्तै सर्लाहीले उनलाई यादवलाई पक्राउ गरेको हो। यादवको मिटरब्याज ऋणबाट सर्लाही आसपासमा १५ सयभन्दा बढी पीडित रहेको बताइएको छ। पक्राउलगत्तै अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २३ पुस २०७६ बुधबार ००:००  ३ : ३५ बजे