८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

ईरान हवाई जहाज दुर्घटना (अपडेट) जहाजमा सवार एक सय ७६ जनाकै ज्यान गयो



काठमाण्डौ ।
युक्रेन का एक यात्रु बोकेको हवाई जहाज दुर्घटना हुँदा जहाजमा सवार एक सय ७६ जनाकै ज्यान गएको छ । दुर्घटनामा विमानमा सवार सबैको ज्यान गएको इरानी सञ्चारमाध्यमलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । जहाजमा सवार एक सय ६७ जना यात्रु र ९ जना चालक दलका सदस्यको ज्यान गएको विमानस्थलका वरिष्ठ जनसम्पर्क कार्यालयका अली खशानीलाई उद्धृत गर्दै प्रेस टिभीले भनेको छ ।
अन्तर्राष्ट्रिय समाचार एजेन्सी रायेटर्सका अनुसार युक्रेन अन्तर्राष्ट्रिय एअरलाइन्सको बोइङ ७३७ हवाई जहाज इमाम खामेनेई विमानस्थलमा उडान भर्ने बित्तिकै दुर्घटनाग्रस्त भएको थियो । यसअघि विमानमा एक सय ८० जना सवार रहेको इरानी सञ्चारमाध्यमले बताएका थिए ।
१ सय ८० यात्रु बोकेको हवाई जहाज तेहरानमा दुर्घटना
यसअघि ईरानको गैरसरकारी सहयोगी संस्था रेड क्रिसेन्टु का अनुसार यो दुर्घटनामा कोही पनि यात्रुको बाँच्ने सम्भावना एकदम न्यून रहेको जनाएको थियो । ईरानी समाचार एजेन्सी फोर्सका अनुसार प्राविधिक समस्याका कारण हवाई जहाज दुर्घटना भएको हो । यसअघिका रिपोर्टमा यो हवाई जहाज युक्रेनको राजधानी कीएफ गइरहेको बताइएको थियो ।
दुर्घटना लगत्तै उद्धारकर्ताहरुलाई दुर्घटनास्थलमा पठाइएको थियो । ईरानको आपतकालीन सेवाका प्रमुख पीरहुसैन कुलीवन्दले समाचार एजेन्सी रोयटर्ससँग भनेका थिए, ुहवाई जहाजमा आगलागी भएको छ, हामी सायदै केही यात्रुहरुलाई बचाउन सक्छौ ।
यसअघि पनि बोइङ्ग कम्पनीको हवाई जहाज दुर्घटना हुँदा धेरैले ज्यान गुमाइसकेका छन् । फेरि दुर्घटनापछि बोइङ्ग कम्पनीको हवाई जहाजलाई लिएर प्रश्न उठेको छ ।

प्रकाशित मिति : २३ पुस २०७६ बुधबार ००:००  १२ : ५१ बजे