८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

अस्ट्रेलिया डढेलोपछिको भाइरल तस्विर 



एजेन्सी । डढेलोका कारण गम्भीर संकटमा रहेको अस्ट्रेलियाको भ्रामक नक्सा र तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ ।सामाजिक सञ्जालका प्रयोगकर्ताले विनाशकारी डढेलोका बारेमा जानकारी दिने तथा सचेत गराउने उद्देश्यसहित नक्सा तथा तस्बिर प्रयोग गरेका छन् । तर त्यसमध्ये केही भ्रामक र डढेलोको समस्याबारे खराब सूचना दिने खालका छन् ।गएको सेप्टेम्बरयता फैलिएको डढेलोका कारण कम्तिमा २५ जना र लाखौँ जनावरको मृत्यु भएको छ । दुई हजार भन्दा बढी घर ध्वस्त भएका छन् ।गएको सप्ताअन्त परेको पानीका कारण केही राहत मिले पनि पुनः तापक्रम बढ्ने चेनावती दिइएको छ र ढडेलोले उग्र रुप लिने बताइएको छ । अग्निनियन्त्रकहरु त्यसका लागि तयारी अवस्थामा रहेको जनाइएको छ ।

प्रकाशित मिति : २३ पुस २०७६ बुधबार ००:००  ८ : ३१ बजे