१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

कृषि विकास बैंकको एक करोड झिकेर फरार भएका ह्याकर पक्राउ



काठमाडौँ ।
कृषि विकास बैंकको सिस्टम ह्याक गरी एक करोड भन्दा बढी रकम निकालेर फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् ।
महानगरी प्रहरी अपराध महाशाखाको टोलीले मोरंगको रंगेली नगरपालिका २ का ४३ वर्षीय दीपक नेपाललाई पक्राउ गरेको हो ।
नेपालले नाइजेरियन तथा भारतीय कुख्यात ह्याकरसँग मिलेर भारतको मुम्बई तथा नेपालमा बसी नेपाली बैंकहरुको रकम निकाल्ने गरेका थिए।
पक्राउ परेका नेपालले ५ अर्बभन्दा बढी रकम क गरी निकाल्ने योजना बनाएको प्रहरीले दाबी गरेको छ ।

प्रकाशित मिति : २० पुस २०७६ आइतबार ००:००  १२ : १३ बजे