काठमाडौं ।
सरकार र आन्दोलनरत उखु किसानबीच पाँचबुँदे सहमति भएको छ । सरकारले निर्धारण गरेको उखुको मूल्यबमोजिमको सम्पूर्ण बक्यौता रकम चिनी उद्योगीहरूले २०७६ माघ ७ गतेभित्र भुक्तानी गरिसक्ने व्यवस्था मन्त्रालयले मिलाउने भएपछि किसान र सरकारबीच सहमति भएको हो । उद्योग मन्त्री लेखराज भट्टको उपस्थितिमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा शुक्रबार भएको छलफलपछि पाँच बुँदे सहमति भएको हो ।
त्यस्तै भुक्तानीको समस्या हल गर्न स्वचालित मूल्य प्रणाली बनाउने सम्बन्धमा अध्ययन गरी प्रतिवेदन दिन मन्त्रालयका सहसचिवको संयोजकत्वमा सरोकारवाला निकायहरू, चिनी उद्योगी, किसान प्रतिनिधि र विज्ञहरू समेत रहेको कार्यदल गठन गर्ने सहमति समेत भएको छ । सहमतिसँगै उखु किसानहरूले आन्दोलनका सम्पूर्ण गतिविधिहरू स्थगित गर्ने भएका छन् ।
१९ पुस २०७६ शनिबार ००:००
0
Shares
प्रतिक्रिया