८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

भीरबाट लडेर एक युवकको मृत्यु



रुकुम ।
रुकुम पूर्वमा भीरबाट लडेर एक युवकको मृत्यु भएको छ । जिल्लाको सिस्ने गाउँपालिका ४ का ३३ वर्षीय मित्रलाल नेपालीको भीरबाट लडेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
दाजुको घरबाट आफ्नो घरमा जाँदै गर्दा नेपाली भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका डिएसपी योगेन्द्रकुमार खड्काले जानकारी दिए ।
स्थानीय तितेखोला भीरबाट लडेर उनको मृत्यु भएको हो। प्रहरीका अनुसार उनी बाटोबाट करिब दुई सय मिटर तल खसेका थिए ।
नेपालीको शव जिल्ला अस्पताल रुकुमकोटमा पोष्टमार्टपछि आफन्तलाई बुझाइएको छ।

प्रकाशित मिति : १७ पुस २०७६ बिहिबार ००:००  १ : १७ बजे