८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज, पौडेल पक्षले बहिष्कार गर्ने



काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बोलाइएको छ। राष्ट्रियसभा सदस्यको उम्मेद्वारको विषयमा छलफल गर्न सानेपास्थित पार्टी कार्यालयमा दिउँसो २ बजे बैठक बोलाइएको कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

ुमाघ ९ गते हुने निर्वाचनका लागी निर्वाचन आयोगले आगामी आइतबार उम्मेदवार दर्ताको समय तोकेको छ।ु उनले भने, ुआफ्नो पार्टीबाट राष्ट्रियसभा सदस्यमा उठाउने उम्मेदवार र निर्वाचनको विषयमा छलफल गर्न बैठक बोलाइएको हो।ु

आजको केन्द्रिय कार्यसमितिको बैठकपनि रामचन्द्र पौडेलसहितको असन्तुष्ट पक्षले बहिष्कार गर्ने भएको छ। पार्टी सभापति शेरबहादुर देउवाले बुधबार बूढानीलकण्ठमा बोलाएको पदाधिकारी बैठकलाई असन्तुष्ट पक्षले बहिष्कार गरेको थियो।
सभापति देउवाले पार्टीभित्रको आन्तरिक विवाद व्यवस्थापन, राष्ट्रियसभा निर्वाचनलगायतका विषयमा सहमति जुटाउन बुधबार अपरान्ह निवासमै पदाधिकारी बैठक बोलाएका थिए। असन्तुष्ट पक्षलाई बाहिर राखेर गरिएको एकपक्षीय निर्णय नसच्चाएसम्म सभापति देउवा र संस्थापन पक्षले बोलाएको बैठक तथा छलफलमा सहभागी नहुने निर्णय असन्तुष्ट पक्षले गरेको छ। सोहि निर्णय बमोजिम बिहीबार सानेपामा बोलाइएको केन्द्रीय समितिको बैठकमा पनि सहभागी नहुने असन्तुष्ट पक्षको वार्ता टोलीका सदस्य हृदयराम थानीले बताएका छन्।

बहुमतको आडमा पेलेर निर्णय लिन थालेको निष्कर्ष निकाल्दै असन्तुष्ट पक्ष देउवालाई दबाब दिन आक्रमक रणनीतिको तयारीमा छ। यसका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्‍त्री सशांक कोइराला, प्रकाशमानसिंह, डा रामशरण महत, कृष्णप्रसाद सिटौलाबीच विभिन्‍न चरणमा छलफल चलिरहेको छ।

यस अगाडि असन्तुष्ट समूहले बैठक बहिस्कार गरेपनि कांग्रेसको केन्द्रीय कार्य समितिको म्याद ०७७ फागुन १९ गतेसम्म थप गरेको छ। बैठकमा कांग्रेसको १४ औं महाधिवेशन २०७७ फागुन ७, ८, ९ र १० गते गर्ने निर्णय गर्दै कार्यतालिका सार्वजनिक गरेको थियो।

प्रकाशित मिति : १७ पुस २०७६ बिहिबार ००:००  १२ : ५८ बजे