काठमाडौँ ।
राष्ट्रियसभा सदस्यको उम्मेद्वार सत्तारुढ नेकपा र प्रतिपक्षी कांग्रेसले बिहीबार (आज) लगाउने भएका छन्। उम्मेद्वार टुंगो लगाउन सत्तारुढ नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ भने प्रतिपक्षी कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक दिउँसो २ बजे बोलाइएको छ।
माघ ९ गते हुने चुनावका लागि निर्वाचन आयोगले मनोनयनको मिति आइतबारका लागि तोकेको छ। राष्ट्रियसभाका ५९ सदस्यमध्ये १८ जनाको चुनाव हुन लागेको हो। त्यस्तै सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित भएका डा। युवराज खतिवडाको कार्यकाल पनि फागुन २० गते सकिँदै छ।
दुई नम्बर प्रदेशको चार सिटमध्ये नेकपा र राजपाले दुई दुई सिट लिने सहमति गरेका छन् भने समाजवादी र कांग्रेसबीच पनि तालमेलको तयारी भइरहेको छ।
कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्ण्प्रसाद पौडेलका अनुसार दिउँसो २ बजे बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा प्रदेशसभाका उम्मेदवारहरुको छनोट हुनेछ। र अरु के समसामयिक विषयमा समेत छलफल गरिनेछ।
तर, पार्टी भित्रको कलहका कारण वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर भने बैठकमा नजाने निष्कर्षमा पुगेको छ। संस्थापन पक्ष बहुमतका आधारमा एकलौटी निर्णय गरेर अघि बढेको भन्दै पौडेल पक्षले यसअघि भएको निर्णय नसच्चियसम्म बैठकमा सहभागी नहुने भएको हो।
शुक्रबार पौडेल र अर्का नेता कृष्णप्रसाद सिटौला पक्षको अनुपस्थितिविनै बसेको बैठकले पार्टीको १४ औँ महाविधेशन अर्को वर्ष फागुन पहिलो हप्तामा गर्ने, पार्टीका विभागलाई २८ बाट ४७ पुर्याउने , तरुणदलको कार्यकाल थप्ने लगायका निर्णय लिएको थियो।
सभापति देउवाले एक पक्षीय ढंगले गरेको निर्णय नसच्चिएसम्म केन्द्रीय कार्यसमितिको बैठकमै सहभागि नहुने अडान पौडेल पक्षले लिएको हो।
उम्मेदवारबारे छलफल गर्न बिहीबार साँझ सभापति देउवा निवसा बुढानिलकण्डमा बोलाइएको बैठकमा पौडेल पक्ष अनुपस्थित भएको थियो। नेता प्रकाशमान सिंहले सभापतिको एकलौटी निर्णय नसच्यिसम्म बैठकमा सहभागी नहुने जानकारी दिए।
१७ पुस २०७६ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया