८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

बाल विवाह न्युनीकरणकालागि किशोरीलाई साईकल वितरण



मायादेवी अनलाइन, कपिलवस्तु ।
बाल विवाह न्युनीकरणकालागि नेपाल परिवार नियोजन संघ कपिलवस्तुले २० किशोरीलाई ब्याग सहीत साईकल दिएको छ । युएनएफपिएको सहयोगमा बाल विवाह न्युनीकरणकालागि किशोर किशोरी सशक्तीकरण परियोजन अन्तरगत उनीहरुलाई साईकल प्रदान गरिएको हो । ११ किशोरी र ९ सहजकर्तालाई साईलक दिईएको कार्यक्रम संयोजक सुष्मा आचार्यले बताईन ।
जिल्ला समन्वय समितिकी उप प्र्रमुख तारावती र्चाधरीले उनीहरुलाई साईलक हस्तान्तरण गर्दै यसले खासगरी दक्षिणी क्षेत्रमा बाल बिवाह न्यनीकरणमा मद्दत गर्ने बिश्वास ब्यक्त गरिन ।
‘ यसले किशोरीहरुमा आत्मबिश्वास र सचेतना बढाउछ ’ उनले भनिन । झोलामा डिस्नरी, कापी कलम, क्यालकुलेटर समेत उपलब्ध गराईएको छ । संघका प्रबन्धक विकास पोख्रेलले छात्रबृत्रिको साटो उनीहरुलाई बाल विवाह न्युनीकरण र पाठनपाठनमा सहयोग गर्न साईकल सहीतका सामाग्र्री प्रदान गरिएको बताए । सुद्धोदन गाउपालिका– ३ की प्रिया शर्माले साईकलले आफुलाई खुशीयाली दिएको बता्इन् । ‘ यसले पठनपाठनमा सहयोग गर्नेछ, गाउबस्तीमा पुगेर ज्ञान बाढ्न पनि सजिलो भएको छ ’ उनले भनिन । यस्तै कपिलस्तु नगरपालिका– ३ शिवगढकी निशा भन्डारीले साईलक पाए पछि आफनो बुवा आमाले समेत आफुलाई स्याबासी दिने बताईन । यस्तै जिल्लाका ३ बिद्यालयमा स्थापना गरिएको किशोर किशोरी मैत्री सुचना केन्द्रलाई ५० हजार मूल्यका बिभिन्न सामाग्री प्रदान गरिएको छ । शिवराज नगरपालिका– ४ , कपिलवस्तु् नगरपालिका– ६ स्थित तिलौराकोट माबि र सुद्धोदन गाउपालिका– ५ स्थित सत कुमारी शेरचना आधारभुत बिद्यालयलाई सो सामाग्री उपलब्ध गराईएको हो । केन्द्रलाई क्याबिनेट रेक, थम बोर्ड, काठको बेन्च २, प्लाष्टिक कुर्ची ५, बेट मेशीन एक, अभिलेख सहीत सुचनामुकल सामाग्र प्रदान गरिएको हो । संघका अध्यक्ष खग प्रसाद चापागाईको अध्यक्षता र सुष्मा आचार्यको संचालनमा भएको कार्यक्रममा युएनएफपीएका जिल्ला प्रतिनिधि चित्र महतो लगातयको सहभागीता थियो ।

प्रकाशित मिति : १७ पुस २०७६ बिहिबार ००:००  ११ : ३२ बजे