८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

आजको मौसम के होला ? किन मिल्दैन मौसमविद्को भविष्यबाणी ?



काठमाण्डौ ।

देशका विभिन्न ठाउँमा बिहीबार (आज) पानी र हिउँ पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।पश्चिमी वायुको प्रभावले बिहीबार मध्य र पश्चिमका केही ठाउँमा पानी र उच्च भेगमा हिउँ पर्ने सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाकी मौसमविद् मन्जु बासीले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले सुदूरपश्चिमको डेडेलधुरा, डोटी, बैतडी आसपासका क्षेत्रमा पानी र उच्च पहाडी तथा हिमाली भेगमा हिउँ परिरहेको छ । बिहीबार पश्चिमको मौसम पूर्णरुपमा खुल्ने सम्भावना नभए पनि मध्य र पूर्वी भेगमा मौसम एकैछिन खुले पनि फेरि बादल लागिहाल्ने मौसमविद् बासीको भनाइ छ ।

शुक्रबार देशभरि कै मौसम बदली हुने तथा विभिन्न ठाउँमा पानी र हिउँ पर्ने देखिएको छ । तर लगातार झरीको सम्भावना भने नरहेको उहाँले बताउनुभयो । वर्षा र हिमपात भएसँगै देशभरि नै चिसो बढ्ने भएकाले स्वास्थ्यको ख्याल गर्न मौसमविद्ले सुझाव दिएका छन् । तर मौसमविदले गरेका अनुमान पछिल्लो समय सही हुन सकेको छैन । पश्चिम न्यून चापीय वायुको प्रभाव कतिखेर के हुन्छ त्यसमा समेत मौसमविदहरु फेल भइरहेका छन् । अहिले घाम लाग्छ भनेका बेला चिसो र हुस्सु लागेको छ भने पानी परेर चिसो बढ्छ भनेका बेला घाम लागेको छ । हिजो र अस्तिलाई मौसम बदली भने पनि थियो । आज पनि चिसो बढ्छ भने पनि तराइका जिल्लामा घाम लागेको छ ।  मौसमविद्ले कहिलेकाहीँ यस्तो हुने कुरा स्विकार्दछन् । 

प्रकाशित मिति : १७ पुस २०७६ बिहिबार ००:००  ८ : २२ बजे