मायादेवी अनलाइन, कपिलवस्तु ।
सशस्त्र प्रहरी वलमा तीन जना प्रहरी नावय महानिरीक्षक (डीआईजी) मा पद खाली भएको छ । तिन जनाले बुधबारबाट अनिवार्य अवकाश लिए पछि सो पद खाली भएको हो । अवकाश पाउनेहरुमा सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी सुरज श्रेष्ठ, बावुराम पाण्डे र अर्विन धिताल छन् । उनीहरुले डीआईजी पदको ५ वर्ष सेवा अवधिका कारण अनिवार्य अवकाश पाएका हुन् ।सशस्त्र प्रहरीको ऐन अनुसार ५ वर्ष डीआईजी ४–४ वर्ष अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) र प्रहरी प्रमुख महानिरीक्षक (आईजीपी) को पदावधि रहने व्यवस्था छ ।सशस्त्र प्रहरी बलमा अधिकृतको सेवा अवधि ३० वर्ष कायम गरिएको छ । रिक्त दरबन्दीमा बढुवाका लागि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरिशंकर बुढाथोकी, राजेन्द्र बस्नेत, केबी ब्रम्हाचार्य, राजेन्द्र अधिकारी, किशोर प्रधान, गणेश ठाडा मगर लगायत प्रतिस्पर्धामा छन् ।
१७ पुस २०७६ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया