एजेन्सी ।
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीले एभर्टनमाथि २–१ को संघर्षपूर्ण जित निकालेको छ । गाब्रिएल जिससको उत्कृष्ट प्रदर्शनमा म्यानचेस्टर सिटीले जित निकालेको हो । सिटीका लागि ५१ औँ मिनेटमा जिससले गोल गर्दै सुरुवाति अग्रता दिलाए । उनले त्यसको सात मिनेटपछि अर्थात ५८ औँ मिनेटमा गोल गरेर अग्रता दोब्बर पारे । तिन गोल नै दोश्रो हाफमा भयो । सिटी शीर्ष स्थानको लिभरपुल भन्दा ११ अंकले पछि रहेको छ तर लिभरपुलले दुई खेल कम खेलेको छ ।
बुधबार राति नै भएको खेलमा लेस्टर सिटीले न्यूक्यासललाई ३–० ले पराजित गरेको छ । राति भएका अरु खेलमा एस्टन भिल्लाले बर्नली तथा वाट्फोर्डले वुल्भ्सलाई समान २–१ र वेष्ट ह्यामले बोर्नमाउथलाई ४–० ले पराजित गरेका छन् । यस्तै चेल्सी र ब्राइटन तथा नर्विच र क्रिष्टल प्यालेसले समान १–१ को बराबरी खेलेका छन् । लिग अन्तर्गत आज राति अरु ६ खेल हुदैछन् । प्रिमियर लिगमा १९ खेलबाट ५५ अंकसहित लिभरपुल शीर्ष स्थानमा छ भने २० खेलबाट ४२ अंकसहित लेस्टर सिटी दोस्रो र ४१ अंक जोडेको म्यान्चेष्टर सिटी तेस्रो स्थानमा छ ।
प्रतिक्रिया