मायादेवी अनलाइन, कपिलवस्तु ।
नेपाली राष्ट्रिय पोसाक दिवस आज विभिन्न कार्यक्रम गरी मनाईदै छ । मेरो शान, मेरो पहिचान, राष्ट्रिय पोशाक संरक्षण महाअभियान” भन्ने मुल नारा लिएर वि।सं। २०७० साल पौष १७ गतेका दिन देखी काभ्रेपलाञ्चोक जिल्लाको बनेपाबाट सुरुवात गरिएको राष्ट्रिय पोशाक दिवस नेपालमा मात्र नभई विश्वभरि छरिएर रहेका नेपालीहरुले हरेक पौष १७ गते भव्यताका साथ मनाउदै आईरहेका छन्। विदेशी संस्कृति र भाषाको बढ्दो प्रयोगसँगै नेपाली पहिचान गुम्दै गएकाले नेपाली भेषभूषा र संस्कृतिको जगेर्नाका लागि संस्थाले आज नेपाली पोसाक दिवसका रुपमा मनाउन लागेका हुन् । राष्ट्रिय पोशाक दिवसको मुल लक्ष्य भनेको नेपालको औपचारिक पोशाक सरकारले घोषणा गरि सिंगो नेपालीहरुको पहिचान विश्वसामु पुर्याउनु हो। आजको दिन विभिन्न जिल्लाहरुका अभियान्ताहरुको सहकार्यमा प्रदेश प्रदेशमा विभिन्न साँस्कृतिक कार्यक्रमहरु गरिन्छ । यो अभियान देशको शान र सम्मानको प्रतिक भएकाले यसमा हामीले सदैव गर्व गर्नुपर्दछ ।
किन आवश्यक छ राष्ट्रिय पोशाक ?
हरेक देशको आफ्नो पोशाक हुन्छ तर प्रायः देशहरु कोट,पाइन्ट,सर्ट र टाईलाई सर्वव्यापी बनाउछन । जसरी हरेक देशले पहिचानमा झण्डा देखाउछ त्यसैगरि आफ्नो पहिचानको लागि आफ्नो राष्ट्रिय पोशाकलाई पनि प्रर्दशित गर्ने गरेको देख्न तथा सुन्न सकिन्छ । नेपाल सानो देश छ तर हरेक देशको स्वाभिमानको कुनै मुल्य हुदैन त्यसैले देशको राष्ट्रिय पोशाक हुनुपर्छ । देशको पहिचान विदेशमा झल्काउनको लागि विदेश यात्रा लगायतका अन्य औपचारिुक कार्यक्रम तथा भेटबार्तामा पनि देशको राष्ट्रिय पोशाक लगाउनाले त्यसमा देशको शान,सम्मान समेत जोडिन्छ ।
हाम्रो नेपाली पोशाक विश्वमा नै पृथक, ऐतिहासिक र वेग्लै पहिचान बोकेको पोशाकको रुपमा रहिआएको छ । हरेक राजनैतिक कार्यक्रम, समारोह,सरकारी कार्यालयका कर्माचारी तथा उच्च ओदाहका ब्यक्तित्वहरुको आचरण तथा शिस्टतामा सम्पूर्ण देशको शान तथा ईज्जत जोहिएको हुन्छ तसर्थ जनताको प्रतिनिधिको रुपमा विशिष्ट दर्जाका व्यक्तित्वहरुले राष्ट्रिय पोशाक लगाई बैदेशिक भ्रमण गरे उत्कृष्ट हुने धारणा सायद हामी सबैको होला। परिवर्तन सकारात्मक कुराहरुको गर्नुपर्दछ ।
राष्ट्रिय पोशाक दिवसको शुभकामना
प्रतिक्रिया