मायादेवी अनलाइन, कपिलवस्तु ।
प्रदेश ५ को प्रदेश सभाको हिउँदे अधिवेशन माघ ५ गते हुने भएको छ । मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ यादवले नेपालको संविधान २०७२ को धारा १सय ८३ को उपधारा १ बमोजिम हिउँदे अधिवेशन आह्वान गर्नुभएको हो ।
गत भदौ १४ गते स्थगित भएको प्रदेश सभाको वर्षे अधिवेशन ५ महिनापछि बस्न लागेको हो । माघ ५ देखि हुने यो अधिवेशन महत्वपूर्ण हुने अपेक्षा गरिएको छ । खासगरी प्रदेशको राजधानी र नाम टुङ्गो लगाउन यो अधिवेशन निर्णायक हुने आशा गरिएको छ । विगत दुई वर्षदेखि प्रदेश राजधानी र नामको टुङ्गो लाग्न नसकिरहेको बेला प्रदेश सरकार आलोचित भैरहेको छ ।
प्रदेश सरकारको सिफारिसमा प्रदेश सभा सचिवालयलले राजधानी र नाम सिफारिस गर्न गठन गरेको विशेष समितिले तीनपटक म्याद थप गरेर अन्तिम पटक गत मंसिर २५ गते प्रदेश सभा सचिवालयमा आफ्नो प्रतिवेदन बुझाएको छ ।
उक्त प्रतिवेदन प्रदेश सभामा छलफलका लागि प्रस्तुत हुने सभामुख पूर्णवहादुर घर्तीले बताउनु भयो ।उता प्रदेशको राजधानी र नामका विषयमा अनेक टिप्पणी भैरहेको बेला मुख्यमन्त्री शंकर पोखरेलले विवादको टुङ्गो नेकपाको शीर्ष नेतृत्वले लगाउनु पर्ने भन्दै ब्यक्त गर्नुभएको भनाईले यहाँ बहसको विषय वनेको छ ।
यद्यपि प्रदेश ३ मा नेकपा शीर्ष नेतृत्वले प्रदेश सभालाई दिएको निर्देशनको आलोचना भएपछि प्रदेश ५ मा के हुने भन्ने अन्यौल कायमै छ । नेकपाको नेतृत्वको निर्देशन प्रदेश सभाका नेकपाका सदस्यहरुले मान्छन कि मान्दैनन ? त्यो निर्णय भएपछि प्रतिक्षाको विषय वनेको छ । प्रदेश सभाका लागि अहिले धेरै बिजनेश पनि नभएकोले ढिलोगरी माघ ५ गतेका लागि संसदको आह्वान गरिएको बताइएको छ ।
१६ पुस २०७६ बुधबार ००:००
0
Shares
प्रतिक्रिया