मायादेवी अनलाइन, वाणगंगा ।
टोपी दिवस मनाउदै ज्ञानपुञ्ज बोर्डिङ स्कुलले राष्ट्रियताको सन्देश बाडेको छ । वाणगंगा नगरपालिका २ राजपुरमा अवस्थीत उक्त स्कुलले बुधबार अन्तराष्ट्रिय टोपी दिवस मनाएको हो ।
“नेपाली टोपी हाम्रो गौरव, हाम्रो पहिचान” भन्ने नाराका मनाइएको टोपी दिवसमा नेपालको पहिचान बोकेको टोपीको संरक्षणमा जोड दिइएको छ ।
संस्कार सहितको शिक्षालाई जोड दिदै आफ्नो बेग्लै पहिचान बनाउन सफल कपिलवस्तुकै एक मात्र आई एस ए सर्टिफाईड संस्थागत शैक्षिक प्रतिष्ठानले विद्यार्थीहरु माझ नेपाली हुनुमा गर्व महसुस होस भन्ने अभिप्रायका साथ कार्यक्रम सम्पन्न गरेको जनाएको छ । कार्यक्रमको सन्चालन अतिरिक्त संयोजक अमृत न्यौपानेले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै स्कुलका सह प्र.अ. विनोद नेपालले विद्यालय सदैव नेपाली संस्कार र संस्कृती संरक्षणमा लाग्नुपर्ने बताउनुभयो ।
नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो ।
जंगबहादुर राणाकी बहिनी डम्बरकुरमारीले आफ्ना दाजुलाई खुशी पार्न पहिलो पटक टोपी बनाएर उपहार दिएको संस्कृतविद्को भनाइ छ । नेपाल बाहिर रहेका नेपाली र नेपाली भाषीहरुले पनि नेपाली टोपी लगाउने गर्छन् ।
नेपाली टोपीको साइनो बंगलादेशको ढाका, कश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ । विशेषतः भाद्गाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रुपमा लिने गरिन्छ । तर नेपालका विभिन्न समुदायले आ–आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गरेका छन् ।
यो दिन नेपाल र नेपालबाहिर रहेका नेपाली समुदायले विभिन्न कार्यक्रमको आयोजना गरी धुमधामका साथ नेपाली टोपी दिवस मनाउने गरेका छन् । यो लहरसँगै पछिल्लो समय नेपाली टोपी लगाउनेको सङ्ख्या बढिरहेको छ ।
१६ पुस २०७६ बुधबार ००:००
4
Shares
प्रतिक्रिया