७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

कांग्रेस कपिलवस्तुले मनायो राष्ट्रिय मेलमिलाप दिवस, पार्टीमा गुट मौलाएको भन्दै नेताहरुको चिन्ता



मायादेवी अनलाइन, कपिलवस्तु । 

कपिलवस्तु सहित देशभर ४४ औ राट्रिय एकता तथा मेलमिलाप दिवस मनाइएको छ ।  नेपाली कागे्रस पार्टीमा मेलमिलापको साटो गुट उपगुट संस्थापक रुपमा मौलाउदा जिल्लाका नेताहरुले चिन्ता व्यक्त गरेका छन् ।  नेपाली कांग्रेसका संस्थापक  नेता विश्वेश्वरप्रसाद कोइराला लगायतका नेताहरुले  लामो समय भारतको निर्वासन जीवन अन्त्य गरी स्वदेश फर्किएको दिन पुस १६ गते हरेक वर्ष राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइंदै आइएको छ ।

मुलुकको सार्वभौमसत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ नेपालका प्रथम जननिर्वा्िचत प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला, लौहपुरुष गणेशमान सिंह, नेत्री शैलजा आचार्य र नेता खुमबहादुर खड्कालगायत मेलमिलापको नीति लिएर २०३३ पुस १६ गते स्वदेश फर्किएका थिए ।  कपिलवस्तुमा मेलमिलाप दिवस नेपाली कागे्रंस जिल्ला कार्य समितिले तौलिहवा स्थित पार्टी कार्यालयमा मनाएको छ ।

कार्यक्रममा वोल्दै पुर्व मन्त्री एवं पुर्व राजदुत दिपकुमार उपाध्यायले कागे्रंसमा मेलमिलाप दिवस वाट एक आपसमा रहेका समस्या समाधान गर्नु पर्ने बताउनुभयो । साथै वर्तमान समयमा राष्ट्रियताका सवालमा सरकार मौन रहेको हुंदा सिमा समस्या जस्ता समस्या समाधान गर्नमा राजनैतिक दलहरु एक भएर लाग्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा वोल्दै पार्टी सभापति सुरेन्द्रराज आर्चायले पार्टीलाई जिल्लामा एक बनाएर लाने काम भैरहेको र नया सरचना अनुसार समायोजनका काम भैरहेको बताउनुभयो ।  साथै जिम्मेवारी अनुसार जनताका समस्या समाधान गर्नको लागी कार्यकर्ताहरुलाई समेत आग्रह गर्नुभयो ।

सो अवसरमा पुर्व पार्टी सभापति राजेश आर्चाय, सुधाकर पाण्डेय , महिला संघकी केन्द्रिय सदस्य सुमित्रा शर्मा, रिना नेपाल, पार्टीका जिल्ला नेता प्रेम बहादुर रायमाझि, अब्दुल मन्नान खां, महेन्द्र कुमार पाठक, हुमकान्त खनाल, लोकनाथ शर्मा, प्रकाश गैरे, प्रकाश घिमिरे, ओजिह अरसद लगायतले मेल मिलापको बारेमा बोल्नुभएको थियो ।

प्रकाशित मिति : १६ पुस २०७६ बुधबार ००:००  ४ : ३२ बजे