काठमाडौं ।
राष्ट्रिय जनता पार्टी (राजपा)ले उखु किसानले राखेको चार बुँदे माग राखि काठमाडौंको माइतीघरमा जारी राखेको संघर्षप्रति एक्यवद्धता जनाएको छ ।
राजपाका संयोजक राजेन्द्र महतोले बुधबार प्रेस विज्ञप्ती जारी गरी वर्षौंदेखि किसानलाई भुक्तानी नगर्ने चिनी मिल मालिकसँग व्याजसहित भुक्तानी गराउनु पर्ने माग राखेको छ । महतो किसानको संघर्षमा एक्यवद्धता जनाउन माइतीघर मण्डला पुगेका थिए ।
माइतीघर मण्डला पुगेर किसानको सरकारले दिने अनुदान र चिनी मिल मालिकले दिनुपर्ने भुक्तानी गराउने दायित्व सरकारको भएको स्मरण गराउँदै तत्काल कदम चाल्न राजपाले माग गरेको छ ।
विज्ञप्तीमा राज्यले किसानको पक्षमा तत्काल कदम नचाल्दा उत्पन्न हुने भयावह परिस्थितिको जिम्मेवार सरकार हुने उल्लेख छ ।
१६ पुस २०७६ बुधबार ००:००
0
Shares
प्रतिक्रिया