७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

चीनस्थित विश्वकै अग्लो पुल सञ्चालनमा



एजेन्सी ।
चीनको गुइजोउ प्रान्तमा विश्वकै अग्लो मध्येको पुल निर्माणको काम सम्पन्न भएको छ। पिङ्टाङ र लुओडियन काउन्टी जोड्ने विश्वकै अग्लो पुल जनवरी १ अर्थात आजदेखि खुल्ला गरिएको छ। उक्त पुलको लम्बाई दुई हजार एक सय ३५ मिटर छ भने तीन ठूला टावर र केबल तारले ठड्याइएको छ।
यस विशाल पुलले एक काउन्टीदेखि अर्को काउन्टीसम्मको पहुँच सहज भएको छ। त्यस हाइवेमा स्पिड लिमिट ८० किलोमिटर प्रति घण्टा हुने चाईना डेलीले जनाएको छ।
सो पुल निर्माणको काम सन् २०१६ अप्रिलबाट सुरू गरिएको थियो जसमा २ सय १४ मिलियन डलर खर्चिएको थियो। यसको अग्लो टावर भने तीन सय ३२ मिटरको छ। पुल भुईभन्दा १९० मिटर अग्लो रहेको चीनको यातायात मन्त्रालयले जनाएको छ।
पुलको निर्माण सम्पन्नसँगै गुईजोउ हाईवे नेटवर्कको लम्बाई ७ हजार किलोमिटर रहेको अधिकारीले बताएका छन्। फ्रान्समा रहेको तीन सय ३६ मिटर उचाइमा रहेको मिलाउ भियाडक्ट पुल विश्वकै सबैभन्दा अग्लो मानिएको छ। यो पिङटाङ पुल दोस्रो स्थानमा रहेको छ।

प्रकाशित मिति : १६ पुस २०७६ बुधबार ००:००  १ : ४९ बजे