वीरगञ्ज ।
बाराको जितपुर सिमरा उपमहानगरपालिकामा रहेको एनसेल टावरमा अज्ञात समूहले आगजनी गरेको छ । जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १६ पिलुवास्थित एनसेलको टावरमा आगजनी भएको हो ।
मंगलबार राति करिब १२ बजेको समयमा टावरमा आगो लागेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक गोविन्द पुरीले जानकारी दिए । आगलागिबाट टावरमा आशिंक रुपमा क्षति पुगेको पुरीले बताए ।
टावरमा कसले आगजनी गरेको हो भन्ने बारे प्रहरीले थप अनुसन्धान गरिरहेको पुरीको भनाई छ । उक्त टावर सशस्त्र औद्योगिक सुरक्षा गुल्म भन्दा करिब ३०० मिटर पूर्वमा रहेको छ ।
१६ पुस २०७६ बुधबार ००:००
0
Shares
प्रतिक्रिया