७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

लुम्बिनी विकास मञ्चले गर्‍यो गरिव परिवारलाई न्यानो कपडा वितरण



नरेश चौधरी, सैनामैना ।
लुम्बिनी विकास मञ्च रुपन्देहीले मंगलवार एक कार्यक्रमको आयोजना गरि अनाथ, अति गरिव विपन्न परिवार, बृद्धबृद्धा, बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेको छ ।“आफ्नो घरमा भएको प्रयोगमा नआएका कपडा खेर नफालौं, न्यानोको अभावमा कोहि मर्न नपरोस् ।” भन्ने नारा सहिते संस्थाले न्यानो कपडा संकलन कार्यलाई तिब्र परेको थियो । संकलन भएको कपडा मंगलवार निशुल्क रुपमा वितरण गरिएको हो ।

तराईका जिल्लाहरुमा शीतलहर तथा बाक्लो हुस्सुका करण जनजिवन प्रभवित भएको छ । चिसो बढे संगै अहिले जनजीवन प्रभावित भएको छ । सोही कुरालाई मध्यनजर गर्दै  लुम्बिनी सांस्कृतिक नगरपालिका र गैडहवा गाउँपालिकामा रहेका अति गरिव विपन्न परिवारहरुहरुलार्ई न्यानो कपडा स्वेटर, पन्जा, टोपी, ब्ल्यांकेट लगाएतका न्यानो कपडा वितरण गरिएको लुम्विनी विकास मञ्चका अध्यक्ष सन्दिप गुप्ताले बताउनु भयो । जाडोमा गरिव परिवार, बालबालिका तथा वृद्धवृद्धाहरु बढि प्रभावित हुने हुँदा न्यानो कपडा वितरण गरिएको उहाँले बताउनु भयो ।

न्यानो कपडा वितरण कार्यक्रममा प्रमुख अतिथि रहनु भएका राष्ट्रिय सभाका प्रमुख सचेतक नेकपाका खिमलाल भट्टराईले न्यानोको अभावमा कोही मर्न नपरोस भन्दै लुम्बिनी बिकास मंचले गरेको अभियानमा आफ्नो सहयोग रहेको बताउनु भयो । यस खालको अभियानले गरिव परिवारहरुलाई हौंसला मिलेको बताउदै अगामी दिनहरुमा पनि आफ्नो पूर्ण सहयोग रहने प्रतिबद्धता जनाउनु भयो ।

राज्यले गरिव विपन्न परिवारका लागि विभिन्न कार्यक्रमहरु ल्याएको कुरा उल्लेख गर्दै यस क्षेत्रको विकासको जिम्मा आफ्नो भएको र योजनावद्ध तरिकाले ती क्षेत्रहरुको क्रमशः विकास गरिने कुरा बताउनु भयो । “उहाँले भन्नु भयो”- देशमा छिटै सुकुम्बासी समस्या समाधन हुने छ । यस्तै प्रदेश ५ का सांसद तथा नेकपाका प्रमुख सचेतक भुमिश्वर ढकालले गरिव विपन्न परिवारका लागि विभिन्न कार्यक्रमहरु प्रदेश सरकारले बनाएको बताउनु भयो । चुनावी नारा बनेका कुराहरु विस्तारै यस सरकारले पुरा गर्ने प्रतिवद्धता जनाउनु भयो ।

प्रकाशित मिति : १६ पुस २०७६ बुधबार ००:००  ८ : ०१ बजे