७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

नेत्र अर्यालको शव्द, खेम सेञ्चुरीको संगीतमा ‘आँसी’



विमल गैरे, बाणगंगा ।
लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय चर्चामा रहेका खेम सेन्चुरी, मोहन खड्का र शान्तीश्री परियारको आवाजमा ‘आँसी’ बोलको लोकदोहोरी गीत सार्वजनिक भएको छ । नेत्र अर्यालको शब्द तथा गायक स्वयं खेम सेन्चुरीकै संगीत रहेको उक्त गीतमा माया र प्रेमलाई दर्शाइएको छ ।
सानो सानो घर मेरो खरको
तिमि सिवाय मेरो त छरको,  घासै काटने आँसी, आँसी म क्यारी हासुला निरमाया तिमी नहासी
गीतमा समेटिएका शव्दले साच्चीकै मन छुने छ आफन्त सबैदेखि अलग्गीएपछि आफ्नो मायाको साथमा रमाएको उसैको हासो र खुशीलाई हेरेर आफुपनि हासेको मिठो भावलाई देख्न सकिन्छ ।
नभन्नु है घर हाम्रो सानो छ
धर्ती माथी आकाशको छानो छ, घासै काटने आँसी, आँसी म क्यारी हासुला निरमाया तिमी नहासी
गीतमा गाउँले जीवन शैली बनजंगल, दाउराघास गरेको रमाईलो दृश्र्य देखाईएको छ । त्यसैले पनि यो गीतले धेरै दर्शक श्रोताको मन जित्ने आशा गर्न सकिन्छ । बिनोद भण्डारीले निर्देशन गरेको उक्त गीतमा कलाकार ओवी रायमाझी र जुना गुरुङको अभिनय देख्न सकिन्छ ।
गीतले सबैको मन जितोस शुभकामना ।

प्रकाशित मिति : १४ पुस २०७६ सोमबार ००:००  ८ : ५० बजे