काठमाडौं ।
त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रारमा प्रा.डा. पेशल दाहाल नियुक्त भएका छन् । त्रिभुवन विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले दाहाललाई रजिष्ट्रारमा नियुक्त गरेका हुन् ।
नवनियुक्त रजिष्ट्रारले दाहालले शुक्रबार नै पदबहाली गरेका छन् ।
त्रिवि ऐन २०४९ को दफा २० को उपदफा (३) बमोजिमको रजिष्ट्रारको पदावधि ४ वर्ष रहने व्यवस्था छ ।
दाहाल छथर पोखरी(३ तेह्रथुम स्थायी घर भई हाल काठमाडौं महानगरपालिका(३२ कोटेश्वरमा बस्दै आएका छन् ।
१२ पुस २०७६ शनिबार ००:००
0
Shares
प्रतिक्रिया