काठमाण्डौ ।
प्रतिनिधि सभाको शुक्रबारका लागि तय भएको बैठक सूचना टाँस गरेर स्थगित भएको छ ।
शुक्रबार १ बजे बैठक बस्ने र बैठकमा सभामुख चयन प्रकृया अघि बढाइने यस अघि नै कार्यसूचीसमेत तय भइसकेको अवस्थामा अन्तिममा आएर बैठक सूचना टाँस गरेर स्थगित भएको हो ।
अर्को बैठक आउँदो १६ गते बुधबार दिउँसो १ बजे बस्ने गरी स्थागित भएको छ ।
सत्तारुढ नेकपाले सभामुखको उम्मेदवार तय गर्न नसक्दा अन्तिम समयमा सूचना टाँस गरेर बैठक स्थगित भएको हो । बैठक स्थगित हुँदा सभामुख चयन प्रकृया पछि धकेलिएको छ ।
११ पुस २०७६ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया