मायादेवी अनलाइन, कृष्णनगर ।
कपिलवस्तुका प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ का सांसद अभिषेक प्रताप शाहलाई कारबाहीको माग गर्दै विहीबार दिउँसो पनि कृष्णनगरका नाराजुलुस लागेको छ । राप्रपा संयुक्तका केन्द्रिय सदस्य समेत रहेका नेता श्याम कुमार मिश्रालाई गत पुस ५ गते सांसद शाहले घरमै बोलाएर निर्घात कुटपिट गरेको भन्दै दैनिकजसो कृष्णनगरमा शाहमाथि कानुनी कारबाहीको माग उठ्दै आएकोछ ।
सांसद शाहले घरमा काम छ भन्दै बोलाएर हत्या गर्ने योजना बनाएको भन्दै उनीमाथि ज्यान मार्ने उद्योगमा मुद्धा हाल्ने तयारी मिश्राको छ । शाहको कुटपिटबाट घाइते भएका मिश्राको बुटलवमा उपचार भए पश्चात अहिले घरमै छन ।
घटना घटेको एक साता वित्न लागेपनि कपिलवस्तु प्रहरीले पिडितको जाहेरी लिन मानेको छैन । पिडितको जाहेरी नलिए पछि आक्रोशित सर्वसाधारणले कृष्णनगरमा प्रहरी विरुद्ध नाराबाजी गर्दै आएका छन ।
घटनाको विरोध स्वरुप बुधबार चार घण्टा कृष्णनगर-चन्द्रौटा सडक अवरुद्ध गरेका मिश्राका समर्थकले विहीबार पनि केहीबेर सडक अवरुद्ध गरेका छन ।
यता सांसद शाहले भने मिश्रा नशा खाएर घरमा आएको र आफ्नो ड्राइभरले हातपात गरेको बताउँदै आएका छन । शाहले मिश्रामाथि आफुले हातपात नगरेको बताएका छन । एक विज्ञप्ति निकाल्दै उनले मिश्रामाथि कुटपिट गर्नेलाई कारबाहीको माग पनि गरेका छन ।
१० पुस २०७६ बिहिबार ००:००
6
Shares
प्रतिक्रिया