काठमाडौं ।
सरकारले उखुको खरिद मूल्य तोकेको छ। बिहीबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै बाँस्कोटाले उखुको खरिद मूल्य प्रति क्विन्टल ५३६ रुपैयाँ ५६ पैसा तोकिएको बताए।
उनले भने, ‘न्यूनतम लागत, ढुवानी, मुनाफा र अनुदान समेत गरेर चालु आर्थिक वर्षका लागि यो मूल्य निर्धारण गरिएको हो।’
यस्तै सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको कार्यकारी निर्देशकमा झापाका डा। चन्द्रमणि अधिकारीलाई नियुक्त गरेको छ। उनको कार्यकाल चार वर्षको हुनेछ।
यस्तै नेपाल मेडिकल काउन्सिलको रिक्त सदस्य पदमा किशोर विक्रम मल्ल (स्याङ्जा), मोहन नपात (काठमाडौं) र सन्ध्या चापागाइ (मध्यपुर ठिमी) र डा.सुप्रात श्रेष्ठ (मोरङ), डा. प्रनित पोखरेल (काठमाडौं) र रजिस्ट्रार पदमा कृष्णप्रसाद अधिकारी (धुमबाराही) लाई नियुक्त गरिएको छ।
यस्तै सरकार हातहतियार तथा खरखजानामा सम्बन्धमा बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति दिएको छ।
यस्तै साइप्रसको निकोसियामा कार्यरत अवैतानिक नेपाली महावाणिज्य दूत रामजीवन पञ्जियारको कार्यकाल निर्णय भएको मितिले चार वर्ष थप गरिएको छ।
यस्तै सम्पत्ति शुद्धिकरण निवारण तथा गैर वित्तीय व्यवसाय तथा पेशाकर्मी क्षेत्रमा नियमणकारी निकाय तोकिएको नेपाल सरकार मन्त्रीपरिषद्को ७ महिना २५ गतेको निर्णय अनुसार सोही महिनाको राजपत्र अतिकताङकमा प्रकाशन गर्ने निर्णय गरिएको छ।
यसका साथै साना योजनाहरु कार्यान्वयन गर्ने जिम्मा स्थानीय तहका सरकारी निकाय मार्फत गर्ने निर्णय गरिएको छ।
यसका साथै ग्रीन क्लाइमेट फन्टको लागि सहसचिवको संयोजकत्वमा पाँच जनाको वार्ता टोली गठन गरिएको छ।
१० पुस २०७६ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया