मायादेवी अनलाइन, वाणगंगा ।
सिद्धार्थ क्याम्पस बाणगंगा बुङ्ची कपिलवस्तुलाई क्यूएए प्रदान गर्ने क्रममा दोश्रोपटक अनुगमनमा आएको टोली विहीबार फर्कदै छ । पाँच दिनदेखि क्याम्पसमा रहेको टोलीले क्याम्पसको गुणस्तरीयताको अवलोकन र मुल्यांकन गरी प्रतिवेदन बनाएर फर्कने छ ।
विहीबार दिउँसो टोलीले एक कार्यक्रमका बीच सुझाव सल्लाह दिने र विदाई हुने जनाइएको छ । भ्रमणको क्रममा टोलीले बुधबार अभिभावक, भूतपूर्व विद्यार्थी र क्याम्पसका बिभिन्न विभागका प्रमुखहरुसंग छलफल गरिसकेको छ ।
विहीबार अन्तिम दिनमा सो टोलीले प्राप्त कुराहरुको बारेमा जानकारी दिने र तयार पारिएको प्रतिवेदन अनुदान आयोगको टोलीलाई बुझाउने छ । त्यही प्रतिवेदनको आधारमा क्याम्पसलाई क्यूएए प्रदान गरिने पिआरटी संयोजक जयराज अवस्थीले जानकारी दिनुभयो ।
भ्रमणमा रहनुभएका प्रा.डा. रत्नमाला आर्या, प्रा.डा. मिना विद्या मल्ल, प्रा.डा. कमलदीप ढकाल र सदस्य ममता प्रजापतिले भूतपूर्व विद्यार्थी र अभिभावक नै क्याम्पसको दरिला पिल्लर भएको भन्दै हरदम सहयोग गर्न आग्रह गर्नुभयो ।
पाँच दिनसम्म क्याम्पसमा रहेर यसका गतिविधिको प्रतिवेदन तयार पारेर जान लागेको टोलीलाई विशेष कार्यक्रम गरी विदाई गरिने कयाम्पस प्रमुख खेमराज शर्माले बताउनु भयो ।
प्रतिक्रिया