मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको बाणगंगा–११ हथौसास्थित लिटिर स्टार इङ्ग्लिस बोर्डिङ स्कूलमा मंगलबार खाना महोत्सव आयोजना गरिएको छ । यसै वर्षबाट आइएसए जर्नीमा रहेको विद्यालयमा स्थानीय स्तरमा तयार हुने मौलिक खानाका परिकारको प्रदर्शनीको लागि खाना महोत्सवको आयोजना भएको हो ।
महोत्सवमा विद्यार्थीहरुले आफ्नै सक्रियतामा स्थानीय स्तरमा हुने ढिंडो, आटो, खिर, रोटीका परिकार, गुन्द्रुक लगायत नेपाली तथा विदेशी खानाका परिकारहरु तयार पारेका थिए । महोत्सवमा सहभागी हुनु भएका प्रमुख अतिथि प्रदेश सांसद विष्णु पन्थीले आइएस ए जर्नीका क्रममा रहेको विद्यालयलाई सफलताको शुभकामना दिनुभयो ।
उहाँले विद्यालयले राखेको क्रियाकलाप राम्रो रहेको भन्दै यस्ता क्रियाकलापले विद्यार्थीलाई सिर्जनशील बनाउने बताउनु भयो । सांसद पन्थीले अब सिकाई कक्षाकोठामा पढ्ने र लेख्नेसंग मात्र सम्बन्धित नभई ब्यवहारिक र प्रयोगात्मक हुनुपर्नेमा जोड दिनुभयो ।
बाणगंगा नगरपालिकाका प्रमुख मंगल प्रसाद थारुले अब नगरले पनि स्थानीय पाठ्यक्रम निर्माण गर्ने क्रममा यस्ता विषयलाई समेट्ने बताउनु भयो । पछिल्लो समयमा बाणगंगामा रहेका हरेक नीजि र सामुदायिक विद्यालयमा सृजनशिलताको विकास भएकामा यो सुखद रहेको बताउनु भयो ।
कार्यक्रममा बाणगंगाका शिक्षा शाखा प्रमुख उपसचिव बाबुराम भट्टराई, वडा नम्बर ११ का वडाध्यक्ष सोमनाथ अर्याल, प्याब्सनका केन्द्रिय सदस्य सर्बेन्द्रदेव खनाल, आईएस जर्नि वाणगंगा मावि गजेहडाका कोर्डिनेटर गोबिन्द प्रसाद पोख्रेल, विद्यालयका प्रिन्सिपल सुन्दर पाण्डे लगायतले बोल्नु भएको थियो । प्रिन्सिपल पाण्डेले विद्यालयमा विद्यार्थीको चौतर्फी विकास नहुँदासम्म शिक्षाको राष्ट्रिय दायित्व पुरा नहुने भन्दै उहाँले विद्यालयले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनु भयो ।
उहाँले आइएस ए जर्नीमा विद्यालयले गर्ने क्रियाकलापको बारेमा पनि बताउनु भएको थियो । खाना महोत्सवका संयोजक शम्भु प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन शिक्षक रमेश पौडेलले गर्नुभएको थियो ।
९ पुस २०७६ बुधबार ००:००
0
Shares
प्रतिक्रिया