मायादेवी अनलाइन, कपिलवस्तु ।
नेपाल तरुण दल कपिलवस्तु र नेपाल बिद्यार्थी संघ क्षेत्र नम्बर-१ ले वाणगंगा-३ भक्तौलीमा रहेको गौरी भवानी मा.वि.मा शैक्षिक र खेलकुदका सामग्री वितरण गरेको छ । विद्यालयमा वालविकास देखि कक्षा ५ सम्म अध्ययन गर्ने गरिब तथा जेहेन्दार विद्यार्थीलाई मंगलबार एक कार्यक्रम गरी शैक्षिक र खेलकुदका सामग्री वितरण गरिएको हो ।
तरुण दलका अनुसार कक्षा ६ देखि १० सम्म पढ्ने विद्यार्थीहरुलाई खाजा वोक्ने टिफिन ९० थान, विपन्न तथा जेहेन्दार १० विद्यार्थीलाई लत्ता कपडा, विद्यालयको लागि खेलकुदका सामान, खानेपानी शुद्धिकरणका लागि फिल्टर मेसिन, स्टील दराज, २० वटा प्लाष्टीकका कुर्सी लगायतका जिन्सी सामानहरु विद्यालय र अभिभावकलाई हस्तानतरण गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समितीकी उप-प्रमुख तारावती चौधरीले तरुण दल र नेविसंघको कामको प्रसंसा गर्दै यस कार्यले धेरैको मुहारमा खुसी छरेको बताउनुभयो । तरुण दलका जिल्ला अध्यक्ष शक्ति सिँह ठकुरी र नेपाल बिद्यार्थी संघ क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति चन्द्रकान्त पोख्रेलले आफूहरुले आफ्नो अवधिभर सामाजिक र शैक्षिक गतिविधि गर्ने अभियान नछोड्ने बताउनु भयो । आर्थिक अभावकै कारण कोही पनि बालबालिका शिक्षाको पहुँचबाट बञ्चित हुन नपरोस् भनेर यो अभियान चलाएको उहाँहरुले बताउनु भयो ।
सिद्धार्थ क्यापसका इकाई सभापति दिनेश क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष सन्तराम थारु, कांग्रेस वडा नम्बर-३ का वडा सभापति खिमानन्द पाण्डे, विद्यालय व्यवस्थापन समितीका अध्यक्ष इश्वरी खनाल, विद्यालयका प्रध्यानाध्यापक गोपाल प्रसाद चौधरी लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन विद्यार्थी नेता हरि ढुङ्गानाले गर्नु भएको थियो ।
प्रतिक्रिया