मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तुका स्थानीय तहका २ जना प्रतिनिधीहरु बुद्धकालीन धानका रुपमा रहेको कालनमक जातिको धान संरक्षणमा जुटेका छन् । मायादेवी गाउँपालिका प्रमुख बजरंगी प्रसाद कुर्मी र कपिलवस्तु नगरपालिका वडा नम्बर २ का अध्यक्ष राम भजन कलवार कालानमक धानको प्रबद्र्धन र संरक्षणमा जुटेका हुन् ।
लोप हुँदै गएको धान प्रबद्र्धन गर्न उनीहरुले कालानमक धान खेती थालेका हुन् । प्रमुख कुर्मीले कच्ची ४ बिघा र वडा अध्यक्ष कलवारले कच्ची १६ बिघामा कालानमक धान लगाएका हुन् । प्रमुख कुर्मीले आफ्नो गाउँपालिका हरनामपुर र वडा अध्यक्ष कलवारले आफ्नो वडाको रमतला गाउँमा धान लगाएका हुन् । दुबैले गत असार दोश्रो सातामा धान लगाएका थिए । डेढ सय दिनमा तयार हुने धान आफ्नो खेतबाट दुबैले स्याहार गरी सकेका छन । ‘कपिलवस्तुको चिनारीकारुपमा रहेको बुद्धकालिन धानको प्रबद्र्धन र संरक्षण गर्न धान खेती गरेको हुँ’ प्रमुुख कुर्मीले भने ‘आफैले लगाएर अरु कृषकलाई पनि खेती गर्न प्रेरित गरेको छु’ । उनले भने ।
आफ्नो खेतमा १६ क्युन्टल धान उत्पादन भएको भन्दै उनले १६ सय बर्ष पुरानो इतिहास बोकेको धान संरक्षण र प्रबद्र्धनमा गाउँपालिकाले पनि लगानी गर्ने उनले बताए । कालानमक खेती गर्न चाहने किसानलाई गाउँपालिकाले सहयोग गर्ने उनले बताए । खर्च बढी लाग्ने र रोग तथा कीराको प्रकोपको समेत खतरा भएकाले कृषकहरुले अहिले कालानमक धान लाउन छाडेको उनले बताए । ‘बुद्धको ईतिहास जीवन्त राख्न कालानमक धानलाइृ जोगाउनु पर्छ, यसका लागि गाउँपालिकाले पहल गरेको छ’ उनले भने ।
उता वडा अध्यक्ष कलवारले २६ सय बर्षको इतिहास बोकेको स्थानीय जातको कालानमक धानको संरक्षण र प्रबद्र्धन गर्न आफुले धान खेती सुरु गरेको बताए । रमतलाहा गाउँमा लगायका धान स्याहार गरी सकेको र ५० क्युन्टल बढी उत्पादन भएको उनले बताए । ‘लोप हुन लागेको पुरानो ईतिहासलाई बचाउन जरुरी छ, त्यसैका लागि कालानमक खेती गरेका हुँ’ उनले भने । कालानमक खेतीको प्रबद्र्धनका लागि आगामी बर्ष देखि कालानमक धानको बीउमा ५० प्रतिशत अनुदान दिने उनले बताए । ‘वडाबाट धान खेतीका लागि योजना लगेको छु, बुद्धनगरी मै यो कार्यक्रम संचालन गर्ने तयारीमा छौ’ उनले भने ।
प्राचीन कपिलवस्तु गणराज्यमा बुद्धका पिता राजा शुद्धोदनले २६ सय बर्ष पहिले रोपाई महोत्सव गरी कालानमक जाततको धान लगाउने गरेको बुद्ध सम्बन्धि ज्ञाता गुनाखर गैरेले बताए । शाक्यवंशिय राजधानी कपिलवस्तुमा राजा शुद्धोदनले राजकीय धाँन रोपाई गरी कालानमक धान लगाउने गर्थे । तत्कालीन सयममा कालानमक धान प्रसिद्ध थियो र राजा महाराजाहरुले त्यही धान लगाउने गर्थे २६ सय वर्ष अघि राजा शुद्धोदन सबैभन्दा अघि सुनको हलो, त्यसपछि मन्त्री चाँदीको हलो र अन्तिममा जनताहरु काठको हलो लिएर कालानमक धान रोपाई गरेको ईतिहास छ ।
‘लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तयले बुद्धकालीन धानलाई संरक्षण गर्न प्रदेश नम्बर ५ र स्थानीय निकायले पहल गर्नु पर्ने बताए । ‘बुद्धकालीन धानलाई एउटा ब्रान्डका रुपमा विकसित गर्नु पर्छ ’ उनले भने ‘कालानमक धानको उतपदन बढाउदै लानु पर्छ ’ । उत्पादीत चामललाई होटलमा लगेर बिदेशी पाहुँनाहरु समक्ष लानु पर्ने उनी बताउँछन । यसले बुद्धकालमै रहेको कालानमक धान ब्राण्ड बन्छ कृषकको आयस्तर बढछ’ उपाध्यक्ष मैत्तेयले भने ।
बुद्धकालीन धान भए पनि खर्चिलो, पाक्न बढी दिन लाग्ने तथा रोग तथा कीराको प्रकोपमा बढी खतरा हुने भएकाले कृषकहरुले बिस्तारै कालानमक धानको खेती छाड्दै गएको कृषि ज्ञान केन्द्रका प्रमुख रामचन्द्र अर्यालले बताए । यो धानलाई बचाउन प्रदेश र स्थानीय सरकारले योजना ल्याउनु पर्ने उनले बताए ।
प्रतिक्रिया