८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

बाराको बिश्रामपुर गाँउपालिका अध्यक्ष पक्राउ



बारा ।
बाराको विश्रामपुर गाउँपालिकाका अध्यक्ष अमिरीलाल राउत भेडिहरलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय प्रसौनी गण्डकको टोलीले गाउँपालिका अध्यक्ष पाललाई आइतबार बिहान ११ बजे पक्राउ गरेको हो । २८ माघ २०६२ मा भएको सवारी ज्यान मुद्दाका अभियुक्त भेडिहरलाई जिल्ला अदालतले २०६३ भदौमा २९ दिन कैद सजाय र दुई हजार जरिवानाको फैसला गरेको थियो । फरार सुचीमा रहेका उनलाई पक्राउ गरि अदालत समक्ष पेश गरिएको बाराका प्रहरी उपरीक्षक बिकासराज खनालले जानकारी दिए ।
जिल्ला अदालतबाट भेडिहरलाई कारागार पठाउने आदेश भएकोले वीरगन्ज कारागार पठाइने प्रहरी उपरीक्षक खनालले बताए ।

प्रकाशित मिति : ६ पुस २०७६ आइतबार ००:००  ३ : १८ बजे