एजेन्सी ।
फ्रान्सेली सेनाले मालीमा गरेको कारवाहीमा ३३ जना बिद्रोहीको ज्यान गएको छ । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले दिएको जानकारी अनुसार बिद्रोहीसँगको झडपमा बिद्रोही लडकुको ज्यान गएको हो ।
उनले आइभरीकोस्टको यात्राको क्रममा यो जानकारी दिएका हुन् । केही हप्ताअघि मालीमा हेलिकप्टर दुर्घटनामा १३ फ्रान्सेली सैनिकको ज्यान गएको थियो । मालीमा सन् २०१३ देखि फ्रान्सेली सैनिक तैनाथ छन् ।
६ पुस २०७६ आइतबार ००:००
0
Shares
प्रतिक्रिया