७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

प्याब्सन वाणगंगाको तेस्रो साधारण सभा सम्पन्न



मायादेवी अनलाइन, जितपुर ।
निजी तथा आवसीय अर्गनाइजेशन नेपाल (प्याब्सन) वाणगंगा नगर कमिटीको तेस्रो साधारण सभा सम्पन्न भएको छ । शुक्रबार जितपुरमा सम्पन्न साधारण सभामा बोल्ने अधिकांश बक्ताहरुले निजी विद्यालयको समस्या र चुनौतिका विषयमा आ–आफ्नो धारणा राख्नुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी प्याब्सन केन्द्रिय सचिवालय सदस्य सर्वेन्द्रदेव खनालले निजी स्कुल सञ्चालनका लागि धेरै चुनौती रहेको भन्दै चुनौतीको सामना गर्दै गुणस्तरीय शिक्षा दिनुपर्नेमा जोड दिनुभयो । उहाले सरकारले निजी तथा आवसीय विद्याललाई धेरै कर लगाएतको भन्दै यसका विषयमा प्याब्सन केन्द्रले छलफल गरिरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा प्याब्सन केन्द्रिय सचिवालय सदस्य सर्वेन्द्रदेव खनाल, आई.एस.ए. प्राप्त गर्न सफल वाणगंगा मावि गजेहडा त्यसैगरी ज्ञानपुञ्ज बोर्डिङ स्कुल राजपुरलाई सम्मान गरिएको थियो । यस्तै चिल्ड्रन्ज प्याराडाईज स्कुलकि छात्रा तथा बालकवि जोसिका कंडेललाई पनि प्रशंसा पत्रले सम्मान गरिएको छ ।
साधारण सभामा प्याब्सन वाणगंगा नगर अध्यक्ष राजु अधिकारीले आर्थिक वर्ष २०७५÷७६ को प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्याब्सन नगर अध्यक्ष अधिकारीको अध्यक्षतामा सम्पन्न साधारण सभामा प्याब्सन केन्द्रिय सदस्य सरोज खनाल, प्याब्सन प्रदेश ५ का कोषाध्यक्ष केशव सापकोटा, प्याब्सन जिल्ला उपाध्यक्ष सुन्दर पाण्डे, प्याब्सन वाणगंगाका प्रमुख सल्लाहकार रोमकान्त घिमिरे, जिल्ला सदस्य नानुमाया खनाल, राजकुमार क्षेत्री, दिपक अधिकारी लगाएतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन डिवि थापाले गर्नुभएको थियो ।

प्रकाशित मिति : ५ पुस २०७६ शनिबार ००:००  ७ : ३० बजे