मायादेवी अनलाइन, बुद्धभूमि ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले नगरका मुख्य मुख्य स्थानमा आगो ताप्ने व्यवस्था मिलाएको छ । पुस लागेदेखि बढेको चिसोबाट राहत मिलोस भन्ने उद्देश्यले बुद्धभूमिले नगरका मुख्य मुख्य चोकमा आगो ताप्ने व्यवस्था मिलाएको हो ।
नगर प्रमुख केशव कुमार श्रेष्ठले नगर भित्रका सामुदायिक बनहरुको सहकार्यमा नगरपालिकाले नगरका मुख्य मुख्य स्थानमा आगो ताप्ने व्यवस्था मिलाएको मायादेवी अनलाइनलाई बताउनुभयो ।
नगर प्रमुख श्रेष्ठका अनुसार नगरका गोरुसिंगे बजार, अर्घाखाँची चोक, पथ्थरकोट, बुड्ढी, इमिलिया लगायतका चोकमा आगो ताप्ने व्यवस्था मिलाइएको छ । केही स्थानमा व्यवस्था मिलाएको भएपनि केही स्थानमा व्यवस्था मिलाउने काम भैरहेको उहाँले जानकारी दिनुभयो ।
नगरपालिकाले आगो ताप्ने व्यवस्था मिलाएपछि नगरबासी, मजदुर, किसान, व्यापारी, बाटोमा हिड्ने बटुवा तथा बजार गर्न आउने सर्बसाधारण लाभान्वित भएका छन । कपिलवस्तुमा बाक्लो कुहिरोसंगै शितलहर परेपछि जनजीवन कष्टकर बन्दै गईरहेको छ ।
५ पुस २०७६ शनिबार ००:००
0
Shares
प्रतिक्रिया