९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

बेलायत इयूबाट बाहिरिने पक्का, प्रक्रिया जनवरीको अन्त्यमा



एजेन्सी ।
बेलायत आउँदो जनवरी ३१ मा युरोपियन युनियनबाट बाहिरिने भएको छ । संसदमा प्रधानमन्त्री बोरिस जोन्सनले ल्याएको प्रस्ताव पारित भएसँगै बेलायत इयूबाट बाहिरिने मार्ग प्रसस्त भएको हो ।
जनवरी ३१ मा इयूबाट बाहिरिने प्रस्तावको पक्षमा ३५८ सांसदले मत दिए । त्यसको विपक्षमा २३४ सांसदको मत परेको हो, अर्थात बाहिरिने प्रस्ताव १२४ मतले अघि रह्यो । यो विधेयकमा अब संसदमा विस्तृत छलफल हुनेछ ।
बेलायत इयूबाट बाहिरनका लागि अब एक चरण मात्रै बाँकी रहेको प्रधानमन्त्री जोन्सनले बताएका छन् । विधेयकमाथि आउँदो जनवरी ७, ८ र ९ मा संसदमा छलफल हुने भएको छ ।

प्रकाशित मिति : ५ पुस २०७६ शनिबार ००:००  ८ : ५२ बजे