काठमाडौँ ।
पश्चिमी वायुको प्रभावका कारण देशभरको मौसम प्रभावित भएका छ । हाल देशभर आंशिकदेखि सामान्य बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शनिबार दिनभर पश्चिमी क्षेत्र तथा मध्य र पूर्वका पहाडी क्षेत्रमा सामान्य बदली हुने छ । अन्य क्षेत्रमा आंशिक बदली हुने मौसमविदले बताएका छन् ।
उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात र पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
यस्तै राति देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहने छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात र पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको मौसमविदले बताएका छन् ।
५ पुस २०७६ शनिबार ००:००
0
Shares
प्रतिक्रिया