मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको वाणगंगा १ बैरियास्थित बाल माविमा जारी खेल सप्ताह सकिएको छ । गत मंसिर २९ गतेदेखि जारी खेल सप्ताह शुक्रबार एक कार्यक्रमको आयोजना गरि समापन गरिएको हो । खेलकुदको माध्यमबाट विद्यार्थीलाई स्वस्थ राख्दै आन्तरिक क्षमताको बृद्धि गर्न खेलकुद सप्ताह गरिएको विद्यालयका शिक्षक सूर्य चुदालीले जानकारी दिनुभयो । यस्तै खेल सप्ताहमा सहभागी भएका २ सयजना विद्यार्थीलाई सम्मान पनि गरिएको छ ।
खेल सप्ताह अन्तरगत फुटबल, भलिबल कबड्डी, १ सय र २ सय मिटर दौड लगायतका खेलहरु भएका थिए । ओमप्रकाश घिमिरेको स्वागत मन्तब्य रहेको कार्यक्रम विद्यालयका प्रधानध्यापक अर्जुन शाहीको अध्यक्षता, कार्यक्रम संयोजक पोमबहादुर हिस्की र मोहन घिमिरेको सन्चालनमा भएको हो । कार्यक्रममा शिक्षिका, रेफ्रि धर्म बहादुर क्षेत्री लगायत विद्यार्थीको सहभागिता रहेको थियो ।
४ पुस २०७६ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया