९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

नेकपाले जबज स्थगन गरेका बेला नेता भुषालले गरे जबजमै विद्याबारिधी



काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वैचारिक नेता वेदुराम भुसालले जबजमा विद्यावारिधि गर्नुभएको छ । नेकपाले जनताको बहुदलीय जनवाद (जबज) लाई स्थगन गरेकै बेला नेकपाका नेता भुषालले विद्यावारिधि हासिल गर्नुभएको हो ।

नेकपा स्थायी कमिटी सदस्य वेदुराम भुसालले जबजमा पीएचडी गरी त्रिभुवन विश्वविद्यालयबाट विहिबार दीक्षित हुनुभएको छ । त्रिभुवन विश्वविद्यालयको ४५ औं दीक्षान्त समारोहमा सयौं युवा विद्यार्थीहरुको बीचमा नेकपा नेता भुसाल पनि गाउन लगाएर बन्दाको दृश्य कमता रोचक थिएन ।

उहाँले जनताको बहुदलीय जनवादको ऐतिहासिक विकासक्रम शीर्षकमा विद्यावारिधि गर्नुभयो । नेकपाभित्र अध्ययनशील र वैचारिक नेता मानिने भुसाल ४ वर्षअघि पीएचडीको विद्यार्थीका रूपमा भर्ना हुनुभएको थियो ।
पार्टीले जबजको सिद्धान्त नै छाडिसकेको अवस्थामा जवजमा पीएचडी गरेका भुसाल आफूले आफ्नो थेसिसको निष्कर्षमा केही तथ्य पेस गरेको दावी गर्नुभएको छ ।

पीएचडी उपाधि लिएपछि भुसालले भन्नुभयो ‘नाममा भन्दा पनि अन्तरवस्तुमा जानुपर्छ । मैले निष्कर्षमा जबजका कुन–कुन विषय जनताको जनवादमा राखिएका छन् भनेर प्रमाणसहित दिएको छु । माक्र्सवादको उदय, विकास र प्रयोगका सन्दर्भमा जबजको ऐतिहासिक महत्व छ र ती अहिले पनि सही छन् ।

भुसालले मार्क्सवादको उदय र विकास कसरी भयो र त्यसको प्रयोग कहाँ, कसरी गरियो भन्ने विषयमा लामो अध्ययन गर्नुभएको छ । निर्धारित चार वर्षमै विद्यावारिधि सक्नुभएका भुसालका गाइड डा सुरेन्द्र केसी हुनहुन्थ्यो ।
मार्क्सवादका सही अन्तरवस्तुलाई जबजले आत्मसात गरेकाले अहिले पनि यो उपयुक्त रहेको उहाँले बताउनु भयो । जनताको जनवाद भनिए पनि सारपक्ष जबज नै भएको भुसालको निष्कर्ष छ ।

प्रकाशित मिति : ४ पुस २०७६ शुक्रबार ००:००  ५ : ४३ बजे