काठमाडौँ ।
नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको शुक्रबार बोलाइएको बैठक पनि बस्दै नबसी स्थगित भएको छ। एजेण्डामा संस्थापन र पौडेल समूहबीच सहमति नजुटेपछि बैठक स्थगित भएको हो ।
महाधिवेशनको कार्यतालिकालाई प्रमुख एजेण्डा बनाउनुपर्ने पौडेल समूहको मागबारे सहमति नजुटेपछि कांग्रेस बैठक लगातार प्रभावित हुँदै आएको छ । कांग्रेसले आज एक बजेका लागि बैठक बोलाएको थियो ।
संस्थापन र पौडेल समूहले वार्ता टोली समेत गठन गरेर सहमतिको प्रयास गरेका भए पनि ती प्रयासहरु निरर्थक हुँदै आएका छन् । नेताहरु लगातार गुटगत र आन्तरिक छलफलमा छन् । अब अर्को बैठक पुष १० गते दिउँसो एक बजे बस्ने कांग्रेसले जनाएको छ ।
४ पुस २०७६ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया