काठमाडौँ ।
इण्डियन प्रिमियर लिग (आइपिएल) को १३औ सिजनको अक्सन विहिबार सम्पन्न भएको छ । आइपिएलमा केहि खेलाडीमाथि फ्रेन्चाइजीहरुले पैसाको बर्षात गरेका छन् भने केहि खेलाडी यस्ता भए जसलाई फ्रेन्चाइजीले पैसा लगाएनन् ।
यस रिपोर्टमा आइपिएल अक्सनमा बिक्रि नभएका केहि चर्चित खेलाडीको बारेमा चर्चा गर्न खोजेका छौ ।
यस अक्सनमा अलराउन्डर युसुफ पठानलाई कुनै फ्रेन्चाइजीले लिएनन् । अहिलेसम्म आइपिएलमा १७४ खेल खेल्दै ३२०४ रन बनाएका युसुफलाई कुनै टिमले इच्छा देखाएनन् । पछिल्लो सिजनमा युसुफले १० खेलमा सनराइजर्स हैदरावादबाट खेल्दै केवल ४० रन बनाएका थिए ।
यस अक्सनमा न्युजील्याण्डका बलर टीम साउथीलाई पनि कुनै टिमले लिने इच्छा देखाएनन् । पछिल्लो सिजनमा रोयल च्यालेन्जर्स बैंगलोरबाट केवल तीन खेलेका थिए तर उनको प्रदर्शन कुनै खास थिएन ।
त्यस्तै भारतीय मिडल अर्डर ब्याट्सम्यान चैतेश्वर पुजारामाथि पनि कुनै फ्रेन्चाइजीले इच्छा देखाएनन् । त्यस्तै न्युजील्याण्डका कोलिन डि ग्राण्ड होमलाई पनि कुनै पनि टिमले इच्छा देखाएनन् । गत सिजनमा बैंगलोरबाट खेल्दै केवल चार खेल खेलेका थिए ।
त्यस्तै आइपिएल अक्सनमा न्युजील्याण्डका स्टार ब्याट्सम्यान मार्टिन गप्टिललाई कुनै टिमले चासो देखाएनन् । गत सिजनमा सनराइजर्स हैदरावादबाट केवल ३ खेलमा ८१ रन बनाएका थिए । यस अक्सनमा न्युजील्याण्डका आक्रामक ब्याट्सम्यान कोलिन मुन्रोलाई पनि कुनै पनि टिमले किनेनन् । पछिल्लो सिजनमा दिल्ली क्यापिटल्सबाट खेलेका थिए । मुर्नोले गत सिजनमा चार खेल खेल्दै ८४ रन बनाएका थिए ।
आइपिएल अक्सनमा कुनै टिमले नकिनेका अर्का खेलाडी हुन् वेस्टइन्डिजका एविन लुइस हुन् । मुम्बई इण्डियन्सका लागि २०१३, २०१५, २०१७ र २०१९ मा खेलेका लुइस यस पटक कुनै टिमले किनेनन् ।
अस्ट्रेलियाका अलराउन्डर बेन कटिङलाई कुनै पनि टिमले किनेनन् । उनको न्युनतम ७५ लाख थियो । कटिङले २०१९ मा मुम्बई इण्डियन्सबाट खेलेपनि उनको प्रदर्शन राम्रो थिएन र मुम्बईले उनलाई रिलिज गरेको थियो ।
त्यस्तै पछिल्लो सिजन राजस्थान रोयल्सबाट खेलेका दक्षिण अफ्रीकाका आक्रामक ब्याट्सम्यान कोलिन इन्ग्राममाथि पनि कुनै टिमले चासो दिएनन् । त्यस्तै न्युजील्याण्डका इश सोढ़ीमाथि कुनै पनि टिमले चासो देखाएनन् ।
४ पुस २०७६ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया