९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

आजपनि विहानै देखि शितलहरसहित बाक्लो हुस्सु



मायादेवी अनलाइन, वाणगंगा ।
शीतलहरका कारण तराईका जिल्लाहरुको जनजीवन प्रभावित भएको छ । शुक्रबारपनि राती देखि नै हुस्सु र कुहिरो लागेको छ । यसमा सावधानी अपनाउन मौसमविदले आग्रह गरेका छन् ।
गएको मंगलबारदेखि लागेको बाक्लो हुस्सु र कुहिरो नहटेको तथा चिसो हावा चलिरहेकाले जनजीवन प्रभावित भएको हो । चिसोका कारण चहल पहल पनि कम भएको छ भने कतिपय स्थानमा विद्यालय बन्द हुन थालेका छन् ।
विशेषगरी कपिलवस्तुसंगै दाङ, रुपन्देही, कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, चितवन, पर्सा, बारा, सर्लाही, धनुषा, नवलपरासी, महोत्तरी, सप्तरी, सुनसरी, मोरङ र झापामा बढी चिसो हुने गर्दछ भने शितलहरको मारमा पनि सर्वसाधारण पर्ने गर्दछन् ।
विहान सडकमा आवतजावत नै प्रभावित हुने गरी बाक्लो हुस्सु र शितलहर सुरु भएपछि ब्यापारीहरुले पनि पसल अबेर खोल्न सुरु गरेका छन् भने यातायातका सवारी पनि कम चलेका छन् ।
शितलहरका कारण मानिस घरबाहिर निस्कन नसक्दा चलहपहल कम भएको छ । चिसोका कारण मुखय गरी बालबालिका, वृद्धवृद्धा र मजदुर समस्यामा परेका छन् ।

प्रकाशित मिति : ४ पुस २०७६ शुक्रबार ००:००  ८ : ३२ बजे