७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

ईपिएसको सिप परीक्षामा लुम्बिनीले निकाल्यो शत प्रतिशत नतिजा



मायादेवी अनलाइन, वाणगंगा । 

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत सीप परीक्षामा कपिलवस्तुको लुम्बिनी लर्निङ सेन्टरले शतप्रतिशत नतिजा निकाल्न सफल भएको छ । जिल्लाको वाणगंगा नगरपालिकामा अवस्थित लुम्बिनीले सन् २०१९ का लागि कोरियन भाषा परीक्षामा पास भएका ४३ जना मध्ये सिप परीक्षामा ३९ जना उत्रीर्ण गराउन सफल भएको हो ।

यो नतिजा देशभरमै सबैभन्दा राम्रो भएको लुम्बिनी लर्निङ सेन्टर प्रा.लि.का प्रबन्ध निर्देशक अशिम क्षेत्रीले दाबी गरे । देशभर २०१९ का लागि कोरियन भाषा परिक्षामा सामेल ९२ हजार ३ सय ५६ मध्ये १२ हजार १० जना पास भएका थिए । जसमा विहीबार सार्वजनिक भएको सिप परीक्षाको नतिजामा ६ हजार ७ सय ७३ जना उत्रीर्ण हुन सफल भएका छन । देशभरको यो नतिजासंगै आफ्नो इन्सिच्युटबाट कोरिया भाषा परिक्षामा उत्रीर्ण भएका मध्ये शतप्रतिशतले सिप परीक्षामा पास भएर संस्थाको गरिमा बढाएको क्षेत्रीले बताउनुभयो ।

विगत आधा दशकदेखि लुम्बिनीले वाणगंगाको गजेहडा र चारनम्बर जितपुरमा कोरियन भाषा शिक्षण गराइरहेको छ । कोरियन भाषाको परिक्षामा पनि प्रदेशमै राम्रो नतिजा निकाल्दै आएको लुम्बिनीले सिप परीक्षामा पनि सर्वोत्कृष्ट नतिजा निकाल्न सफल भएको हो । यसबर्ष २०२१ को लागि पनि लुम्बिनीले कोरियन भाषा पढाईरहेको छ । यो बर्षदेखि ईपिएस शाखाले सिप परीक्षा पनि लिने व्यवस्था गरेको छ  । गत बर्षहरु कोरियन भाषा परिक्षामा मात्र पास भएपनि कोरिया जान सकिने व्यवस्था थियो । राम्रो तलबी सुविधा पाइने भएपछि पछिल्लो समय नेपाली युवाको कोरिया जाने चाहना बढ्दै गएको छ ।

प्रकाशित मिति : ३ पुस २०७६ बिहिबार ००:००  १० : ५९ बजे