९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कपिलवस्तु गोरुसिंगे ससुरा हत्याकाण्डः इन्स्पेक्टर किन भए सरुवा (भिडियोसहित)



दीपा महत, बुद्धभूमि ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं. २ गोरुसिंगेस्थित धनराज पौडेल हत्याकाण्डको अनुसन्धान गरिरहेका प्रहरी निरिक्षक (इन्स्पेक्टर) सुवाश खड्का सरुवा भएका छन । इलाका प्रहरी कार्यालय गोरुसिंगेमा कार्यरत प्रहरी निरिक्षक खड्का भक्तपुरस्थित महानगरीय प्रहरी परिषरमा सरुवा भएका हुन् ।
एक बर्ष अघि गोरुसिंगे प्रहरीको नेतृत्व गर्न आएका खड्का १३ महिनापछि सरुवा भएका हुन् । गत मंसिर १३ गते गोरुसिंगेकै धनराज पौडेलको रहस्यमय हत्या भएपछि पिडित परिवारले प्रहरीलाई दोषि पत्ता लगाउन आग्रह गर्दै आएका छन । पौडेलको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले बुहारी लक्ष्मी पौडेललाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । बुहारीले नै ससुराको हत्या गरेको परिवार र छरछिमेकले भन्दै आएका छन ।
घटनाको बस्तुस्थिती हेर्दा बुहारीले नै ससुराको हत्या गरेको प्रष्ट प्रमाण देखिन्छ । दिनदहाडै कोठा भित्र ससुराको हत्या गरेकी बुहारीलाई कडा भन्दा कडा कारबाहीको माग परिवारले गरिरहेका छन । पिडित पक्षले रातदिन इलाका प्रहरी कार्यालयमा धर्ना दिदै आएका छन । हत्याको प्रष्ट दोषि बुहारी भएपनि प्रहरीले अदालतमा नबुझाएको पिडित पक्षको आरोप छ ।
घटना घटेको विहीबार २२ दिन पुगेको छ । यद्यपि बुहारी कपिलवस्तु प्रहरीको हिरासतमा छिन । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले चार पटक अदालतबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको जनाएको छ । घटनाको अनुसन्धानका लागि प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो सिआईबी पनि आएको थियो ।
घटनाले सर्वस्त्र चर्चा परिचर्चा पाईरहेका बेला गोरुसिंगेका प्रहरी निरिक्षकको आकस्मिक सरुवा हुनुलाई शंकाको रुपमा हेरिएको छ । पिडितका परिवार र गोरुसिंगेबासीले घटनाको हत्यारा सार्वजनिक नगरि प्रहरी निरिक्षकको सरुवा गरियो भन्दै शंका व्यक्त गरेका छन् ।
यता प्रहरी निरिक्षक खड्काले आफ्नो सरुवा नियमित प्रक्रिया अनुसार नै भएको बताउँछन । आफु आजभन्दा एक महिना अघि नै सरुवा भैसक्ने भन्दै गोरुसिंगे घटनाले गर्दा एक महिना ढिला गरी भएको खड्काले बताए । गोरुसिंगे घटनाको सबै अनुसन्धान पक्रिया पूरा गरेर आफु सरुवा हुन लागेको उनले प्रष्ट पारे । प्रहरी प्रधान कार्यालयको नियम अनुसार नै आफु सरुवा हुन थालेको भन्दै घटनाको दोषिले चाडो भन्दा चाडो कारबाही खाने बताए । यो घटनामा शंका नगर्न आग्रह गर्दै उनले प्रहरीबाट सबै पक्रिया पूरा गरेर सरकारी वकिल कार्यालय समक्ष आफ्नो प्रतिवेदन दिएको उनले मायादेवीसंग भने । “पुस २ गते बुधबार हाम्रो तर्फबाट सबै अनुसन्धान सकेर प्रतिवेदन सरकारी वकिल कार्यालय समक्ष बुझाएका छौं, म सरुवा भएपनि घटनाको यथार्थ बाहिर आउँछ उनले आश्वस्त पार्दै भने, ‘घटनाको विषयमा कुनै शंका पाल्न उचित छैन् ।’ घटनाको दोषि को हुन् भन्नेबारे उनले प्रष्ट नबताएपनि घटना घटाउने र यसको सबै बस्तुस्थिती जनताले नै थाहा पाईसकेको उनले बताए ।

थप भिडियो रिर्पोट हेर्नुहोस

प्रकाशित मिति : ३ पुस २०७६ बिहिबार ००:००  ८ : ०७ बजे