९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

४० जिल्लाका चरा तथा वातावरण संरक्षणकर्मी कपिलवस्तुमा



मणि प्रसाद गैह्रे, तौलिहवा ।

नेपालमा वन वातावरण तथा चरा संरक्षणमा लागेका ७ प्रदेशका ५० बढि अभियानकर्मी प्रतिनिधीहरु कपिलवस्तुको जगदीशपुर तालमा आएका छन् । नेपाल चरा सरक्षंण संजालको आयोजनामा ३ दिने राष्ट्रिय कार्यशालाको अवसरमा उनीहरु कपिलवस्तु नगरपालिकामा रहेको विश्व सिमसार क्षेत्रमा रहेको जगदीशपुर तालमा पुगेका हुन् ।

जगदीशपुर ताल बहुसरोकार मंच कपिलवस्तुको समन्वयमा चरा सम्वन्धि काम गर्ने संस्था नेपाल पंक्षी संरक्षणको व्यवस्थापनमा ३ दिने कार्यक्रम सुरुवात भएको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रदेश नं। ५ का वन वातावरण तथा पर्यटन मन्त्री लिला गिरीले वातावरण संरक्षण र जैविक विविधता कायम गर्नको लागि प्रदेश सरकार लागेको बताए ।

साथै स्थानीय वन, पोखरी, ताल, मन्दिरजस्ता स्थानहरुको संरक्षण गर्नको लागि स्थानीय तह, स्थानीय नागरिक र प्रदेश सरकार लाग्नुपर्ने र त्यसमा सरकार सहकार्य गर्न तयार रहेको बताए ।

साथै पर्यटन वर्ष २०२० लाई सफल पार्न आम नागरिक लाग्नुपर्ने र काम गर्दा सकै मिलेर काम गर्ने वातावरण वनाउन समेत मन्त्री गिरीले आग्रह गरे । सो अवसरमा प्रदेशसभा सदस्य दीर्घनारायण पाण्डेय, सहसराम यादव, धर्मवहादुरलाल श्रीवास्तव, अर्जुन केसी जगदीशपुर ताल बहुसरोकार मंचका ललित गुरुग, अब्दुल रसिद खाँ,  सुन्दर पाण्डे, नेकपाका बावुराम खनाल लगायतले वन वातावरण र ताल संरक्षणको बारेमा धारणा राखेका थिए ।

कार्यक्रममा चरा र नेपालको वर्तमान अवस्था र सरोकार तथा सरकारले गर्नुपर्ने भूमिकाको बारेमा पंक्षीं सरक्षण संघकी प्रमुख कार्यकारी अधिकृत इसाना थापा, जलवायु परिर्वतन संगै वन वातावरण तथा जनावर तथा चराहरुमा पर्न लागेको समस्या समाधानको लागी राष्ट्रिय रुपमा विभिन्न कार्यक्रम गर्नको लागि अगुवाहरुलाई ३ दिन दिने कार्यशालाले क्षमता विकास पुग्ने पंक्षी सरक्षण संघका कार्यक्रम अधिकृत भुपाल नेपालीले बताए ।

कार्यशालाबाट चरा संरक्षण तथा वन वातावरणको क्षेत्रमा अभियानकर्मीले गर्ने कामहरुको बारेमा योजना वनाइने पंक्षी संरक्षण संघका उपाध्यक्ष प्राध्यापाक करण शाहले बताए ।

प्रकाशित मिति : ३ पुस २०७६ बिहिबार ००:००  ७ : ५८ बजे